रुकुम चौरजहारी

कोहोलपुर मेडिकल अस्पतालको लापरबाही यसरि लियो सुत्केरीको ज्यान ,२० लाख रकम समेत स्वाहा ,

रुकुम आठ विसकोट

फागुन ३ बाँके – कोहोलपुर मेडिकल कलेजको लापरबाहीले अकालमा सुत्केरीको ज्यान ग एको छ। गत ८ गते सुत्केरी व्यथा लागेर आस्पताल भर्ना गरिएकि बर्दियाकी सुत्केरी युवती यसोदा रानाको ज्यान गएको हो।

८ गते राति उनको बच्चा जन्मीएपनि १० गते सम्म रक्त श्राव रोकीएको थिएन ,भने डाक्टरले समते चेक जाँच नगरेको पारिवारिक श्रोतको दाबि छ। तिन दिन सम्म रक्तश्राव नरोकीएपछि र उनको होस् नखुलेपछि परिवारले अहिले उनलाई भारतको लखनउमा लगेर उपचार गरेको थियो ।

उपचारको क्रममा उनको हिजो राति मृत्यु भएको यसोदाका श्रीमान् बिनोद राना मगरले रंग दर्पणलाई बताए। कोहोलपुरको दश विघामा रहेको कोहोलपुर अस्पतालको लापरबाहीले यसोदाको उपचारमा नेपालि रु २० लाख बढी खर्च भएको परिवारले बताएको छ ।

यसोदको शव अहिले बर्दियामा ल्याईएको छ ,सुत्केरी भएको तिन दिन सम्मपनि डाक्टरले हेरचाह नगर्दा र अत्यधिक रक्तश्रावका कारण यसोदाको मृत्यु भएको छ। परिवारले भोलि अस्पताल्मा शव राखेर समेत आन्दोलन गर्ने बताएको हो।

अस्पतालको लापरबाहीले मैले श्रीमति संगै सम्पति पनि गुमाए मैले कसरि न्याय पाउने म अन्यामा परेको छु ,यो सबै अस्पतालको गल्ति छ र स्वयम् अस्पताललाई पनि जानकारी छ विनोदले भने।

अस्पतालले १० गते सम्म लापरबाही गरेपछि बेहोसीमै लखनउ लगिएको थियो ,लाखनउको रिल्याक्स अस्पताल्मा भेन्टिलेटर राखेर उपचार भईरहेको उनको हिजो सांझा मृत्यु भएको परीवार श्रोतले बताएको छ।

यसोदालाई बचाउन उनका श्रीमान्ले भएको जग्गा धितो राखेर उपचार गरेका छन् ,मृतक यसोदाको छोरी जन्मेको थियो।

यो पनि,,

कोहलपुर मेडिकल कलेजको लापरबाही २३ दिनसम्म सुत्केरी युवती बेहोस ,