नेपालमा ४० लाख मानिसमा बाथ रोग, के हो बाथ रोग ?,,

जेठ १२ – वर्तमान नेपालमा खानपिन वा विभिन्न कारणले बाथ रोग बढ्दो छ ।, हाल नेपालमा ४० लाख मानिसमा बाथ रोग भयको एक अध्यन्ले बतायाको छ। ,

नेपालमा प्राय नराम्रो खानपिन  धुम्रपान मध्यपानले गर्दा मानिस हरुमा बाथ रोग बढ्दो देखिन्छ। , रक्सि , चुरोट , खैनी खानपिनमा डीसब्यालेन्स , मोटोपन जस्ता क्रियाकलापले गर्दा बाथरोग झन् बढ्दो देखियको चिकित्सक हरुको ठहर छ।

बाथरोग लाग्न नदिन  नबढ्नदिन दैनिक शारीरिक ब्याम , स्वस्थ खानपिन , चुरोट खैनीको कुलत जस्तो नगर्न चिकित्सक बताउछन।

बाथरोग जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । बालक, युवा र वृद्धवृद्धा सबैलाई हुने यो रोग नसर्ने रोग दीर्घरोग हो ।

नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने र मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छ । नेपालमा बालबालिकालाई पनि अत्यधिक मात्रामा बाथ रोगको समस्या देखिएको चिकित्कको भनाइ छ ।

डा. कक्षपतिका अनुसार बाथ रोग खास गरी दुखाइबाट सुरु हुन्छ । हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, बिहान उठ्दा हिँड्न समस्या हुने, हात मुठ्ठी पार्न समस्या हुने, घुँडा, कुहिनोजस्ता जोर्नी दुख्ने, ज्वरो आउने, मेरुदण्डको हड्डी सुन्निने र दुख्ने गर्छ ।

त्यसैगरी छातीका करङ दुख्ने र पिसाब पोल्ने पनि हुन सक्छ । बाथ भएमा गर्भवतीको गर्भ खेर जाने हुन सक्छ । दुखाइ दोहोरिएर हुने जस्ता लक्षण जुनसुकै बाथ भएमा पनि देखिन सक्ने साझा लक्षण हुन् ।

यस्तो समस्या देखिनसाथ तत्काल रगत र अन्य विशेष जाँच गरेपछि मात्र कुन प्रकारको बाथ हो र कस्तो औषधि चलाउने भन्ने स्पष्ट हुन्छ । बाथ रोग पूर्ण रुपमा निको नभए पनि यसबाट अन्य समस्या नहोस् भन्नाका लागि रोकथाम भने गर्न सकिन्छ ।