रुकुम चौरजहारी

भागरथी हत्या प्रकरणमा एक संकास्पद ब्याक्ति पक्राउ ,

रुकुम आठ विसकोट

फागुन ४ ,काठमान्डौ – बैतडीको दोगडाकेदार नगरपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ति ब्याक्तिलाई संकास्पदको घेरा भित्र राखीएकोले पक्राउ गरिएको हो,सत्य तथ्य भने आउन बाँकी छ। पक्राउ परेका ब्याक्ति सार्वजनिक पदमा रहेका छन् , उनलाई कञ्चनपुरबाट समातेर बैतडी ल्याइएको हो ।

उनको शरीरभरि चिथोरीएको छ ,पक्राउ परेका ब्याक्तिले भने आफु रुखबाट लडेको प्रहरीमा बयान दिएका छन्। चिकित्सकले भने यो रुखबाट लडेको नभएको पुस्टि गरेका छन्।

तेस्तै प्रहरी उच्च श्रोतका अनुसारपनि ति ब्याक्ति हत्याको दिन २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए । भट्टको हत्या २ देखि ३ बजेको बीचमा भएको जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको प्रतिवेदन र प्रहरीको म्यानुअल अनुसन्धानमा उल्लेख छ ।

उनी चार बजेतिर त्यसक्षेत्रमा देखिएको बैतडी प्रहरीका एक अधिकारीले बताएका हुन्। भागरथी हत्या प्रकरणपछि भने उनी भारततिर भाग्न खोजेको प्रहरीको आशंका छ । उनले विगतमा पनि महिलाहरुमाथि दुर्व्यवहारजन्य गतिविधि गर्ने प्रयास गरेको पाइएको समते प्रहरीले बताएको छ ।