परिक्षामा टिकटक बनाउने विद्यार्थीको परिक्षा रद्द,

फागुन ५ ,काठमान्डौ – कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले गत मङ्सिरमा कक्षा १२ को परिक्षामा टिकटक बनाएर सामाजिक संजालमा राखेपछि राष्ट्रिय परीक्षा बोर्डले उनको परिक्षा रद्द गरेको छ ।

उनले टिकटक बनाएर समाजिक संजालमा राखेका थिए। साथै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।