घरायसी विवादले भागरथीको हत्या गरेको बयान ,
फागुन ५ ,काठमान्डौ – बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्या घरायसी विवादले भएको खुलेको छ। प्रहरीसामु उनले, बुवा बाजेका दिनको पुरानो रिसइवी देखायर हत्या गरेको बतायका छन्।भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेर आज सार्वजानिक गरेको हो।
पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए । उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारेको प्रहरीसामु बयान दिएका छन्।
पोस्टमार्टम रिपोर्टले पनि भागरथीको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।