काठमाडौंको मच्छिन्द्रबहालमा सुरक्षागार्डको हत्या ,,

रंग दर्पण १५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर २५ मच्छिन्द्रबहालमा एक सुरक्षागार्डको हत्या भएको छ । गएराति हत्या भएको हो । मृतक को घर दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको उनी ड्युटीमै रहेका बेला हत्या भएको प्रहरीले जनाएको छ ।

तामाङ इस्टवेस्ट सेक्युरिटिजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।  उनको हत्या किन कसले गर्यो भन्ने भने केहि थाहा न भयको प्रहरीले जनायको छ ,

गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा तामाङलार्इ फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो । तर अस्पतालमा पौने २ बजेतिर तामाङको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए ।

lekbesi

तामाङको टाउको र हिपमा गहिरो चोट छ । अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान छ ।

प्रहरी कन्ट्रोल रुमका एक अधिकारीका अनुसार हत्यामा संलग्नको खोजी भइरहेको छ । सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । तर, सोमबार बिहानसम्म प्रहरीले कसैलाई पनि पक्रन सकेको छैन ।