मासु चिउरामा जनता बटुल्ने केपी बा श्रीपेच फालेर सडकमा आऊ अनि हामि देखाउछौ रन्जु दर्शना ,

फागुन ७ ,काठमान्डौ – प्रतिगमनकारी केपी शर्मा ओली एक जनाले म हामि कसैको भविष्यमा खेलबाड गर्ने अधिकार नभएको विवेकशिल साझा पार्टीकि केन्द्रिय सदस्य रन्जु द्र्शनाले बताएकि छिन।

विवेकशील साझा पार्टीले संसद विघटनको विरुद्द शान्तिवाटिकामा गरेको कार्यक्रममा बोल्दै रन्जु दर्शनाले भनिन यो केपी ओलीको संविधान होइन तिन करोड छ लाख नेपालि जनताको हो। केपी बा लाई संविधानको हत्या गर्ने कुनै अधिकार छैन।

तेस्तै केपी ओलीले कुनैबेला कम्युनिस्ट पार्टी नेकपा मदन भण्डारीको हो भन्ने समेत भुलेको उनले बताईन। हजारौ लाखौको रगत पसिना लगानीले जन्मियको वर्तमान नेपाललाई घात गर्न खोज्ने काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको आफुले खुलेरै विरोध गर्ने रन्जुले बताईन।

केपी ओलीले आफ्नो घमण्डलाई छोडेर श्रीपेच फालेर कब्जा गरेका न्यालयहरुलाई छोडेर जनतासामु आउनपनि उनले आवहान गरिन। तेस्तै आफ्नो पार्टीले कुनै हिंसात्मक प्रदर्शन नगर्ने पनि उनले जानकारी गरिन ,अहिले विभिनन पार्टीले कुर्सिको लागि जनताका ट्याक्सी जलाउने ,मोटरसाईकल तोडफोड गर्ने किसानलाई रोटि रोजिमा मासु चियुरामा किन्ने गरेका छन्।

अबको आन्दोलन पसल खोलेर हुने पनि रन्जुले आवाहन गरिन। विवेकशिल साझा पार्टीले हिजोदेखि दश दिनसम्म रत्नपार्कको शान्तिवाटिकामा प्रतिगमन अधिनायकवादको विरुद आवाज बुलन्द गर्ने जानकारी गरेको छ। तेस्तै सो पार्टीले आज कार्यक्रममा अधिनायकवादीलाई बलद्वारा ढाल्ने कार्यक्रम गरेको थियो हिजोपनि पार्टीले प्रतिगमनकाविरुद्द घैटो फोरेको थियो।

रंग दर्पण,