प्रधानमन्त्री ओलीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड ,
फागुन १० ,दाङ- जिलाको देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विवादित पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । यो पुल नेपालकै दोश्रो लामो पुल हो जसको लम्बाई ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।
ओलीले गत माघ १२ गते सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन उद्घाटन गरेका थिए। शिलालेखमा लेखिएको विवरणमा त्रुटि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए ।
पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनिया पुल लेखिएको भन्दै गुनासो आएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते सो पुलको शिलान्यास गरेका थिए।
प्रचण्डले शिलान्यास गरेको पुल केपी ओलीले उद्घाटन गरे भन्दै ओलीको चर्को आलोचना असमेत भएको थियो। झण्डै एक अर्ब रुपैयाँको लागतमा बनेको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।
तर, पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टका अनुसार शिलालेख कसले र किन तोडफोड गर्यो भनेन बारेमा अनुसन्धान भईरहेको बताए ।
तस्विर :उज्यालो सहकर्मी ,