प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट,
फागुन १० ,काठमान्डौ – प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच साेमबार दिउँसो सर्वाेच्च अदालतमाभेट भएको छ ।
सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी भएको तर खाली नभएकोबारे छलफल गर्न दुवैबीच भेट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालले बताए । सर्वोच्चको अहिलेको भवनपछाडि नयाँ भवन बन्दैछ ।
त्यसका लागि नेपाली सेनाले अहिले भोगचलन गरिरहेको केही जग्गा छोडिदिनुपर्ने भएको उनले भनाई छ । सर्वोच्च अदालत श्रोतका अनुसारभने दुवैबीच सर्वाेच्च अदालतलाई प्राप्त भइसकेको जग्गामा रहेका नेपाली सेनाका क्याभलरी लगायतका संरचना हटाउनेबारे छलफल भएको छ ।
सर्वाेच्च अदालतले संरचना निर्माणका लागि टेन्डर भइसक्दा पनि सेनाले संरचना नहटाएकाले प्रधानसेनापतिलाई बाेलाएर प्रधानन्यायाधीशले छलफल गर्नुभएको हाे ।