२ कक्षामा पढ्ने छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ ,
फागुन १० धनगढी – कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा डडेल्धुरामा एक सिक्षक पक्राउ परेका छन्। गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।
बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरपरेपछि नियन्त्रणमा लिएईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।
नियन्त्रणमा रहेका शिक्षक र बालिका दुबैको मेडिकल टेस्टको काम भइहरेको नेपालले बताए। मेडिकल रिपोर्टका आधारमा कानुनि कारबाही अगाडी बढाईने नायव उपरीक्षक महेन्द्र नेपालले बताएका हुन् ।