सरकारले विप्लवलाई वार्ताको आस देखाएर धमा -धम कार्यकर्ता पक्राउ गर्दै ,
फागुन १० ,काठमान्डौ – सरकारले प्रतिबन्ध गरेको पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लवसंग वार्ता गर्ने आस्पसन दिएकैबेला विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत बाहिरबाटनै फेरि पक्राउ गरेको हो । पक्राउ गरेर बाँस्तोलालाई आजै काभ्रे लगीएको छ। उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए ।
पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।
सरकारले भने यता विप्लव संग वार्ता गर्ने बताएको छ । प्रतिबन्ध लगाउने सरकारले एका एक वार्ताको वातावरण गराउन खोज्नुको कारण विप्व्लमाथि बाख्रोलाई एक हातमा घाँस देखाउने र अर्को हातमा खुकुरी देखाएको जस्तो हुने आम मानिसहरुले विश्लेषण गरेका छन्।