रुकुम चौरजहारी

ओलीलाई प्रचण्डको सुझाव अलिकति नैतिकता छ भने राजिनामा दिनुहोस ,

रुकुम आठ विसकोट

फागुन ११ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलिकति नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।प्रचण्डले भने तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस् ।

यो संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, तेसैले भोलि काठमान्डौमा पनि विजय जुलुस निक्लदै छ ,जिल्ला गाँउ गाँउबाट सबै दाजु भाई दिदि बहिनिहरुले विजय जुलुस मनाउन मा आग्रह गर्दछु दाहालले भने।