आजका हिट तस्विर प्रचण्ड आईलभ यु ,

फागुन १२ ,काठमान्डौ – संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । जसमा युवतीहरुले आईलभ यु प्रचण्ड ,आई लाभ यु गणतन्त्र भन्दै नाराबाजी गरेका छन्।

साथै उनीहरुले अनुहारभरि रातो रंगले पोतेका छन् भने अनुहारमा नेपाली झन्डाको चित्र कोरोका छन्। साथमा यो जित कसको जनताको लोकतन्त्र ,जिन्दावाद ,गणतन्त्र जिन्दावाद प्रतिगमनकारी केपी ओली मुर्दावादका नारा लगाएर शान्तिवाटिकाबाट नारायणहिटी ,दरबारमार्ग हुँदै रास्ट्रियसभा गृहमा आएर नाच गान गरेर खुसियाली मनाएक छन्।

तेस्तै आजको विजय जुलुसमा भक्तपुरक अकेपी ओली समूहका सांसद महेश बस्नेतलाई निर्माणधीन धरहराबाट हाम फालेको कार्टुन ,पूर्वसंचारमन्त्रि गोकुल बाँस्कोटाको ७० करोड काण्ड संगै केपी ओलीको तस्विर सार्वजानिक गरिएको थियो।