सर्वोच्च अद्लात पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउने कार्य नगर्नु नगराउनु, ,

फागुन १२ ,काठमान्डौ – सर्वोच्च अदालतले पशुपतिनाथमा सुनको जलहरी राख्न लागिएको विषयमा दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कारण देखाऊसँगै जलहरी लगाउने कार्य नगर्नु नगराउनु भन्ने अन्तरकालीन आदेश समेत जारी गरेका छन् ।

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सोमबार पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी नलगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो विषयमा छलफल गर्न वादी र प्रतिवादीलाई आगामी फागुन १७ गते बोलाईएको छ । तर पशुपति क्षेत्र विकास कोषले अदालतको आदेश आउनुपूर्व नै जलहरी राखिसकेको छ । पशुपतिनाथमा लगाईएको सुनको जलहरी १०८ किलोको छ जसमा ८० करोड रुपैयाँ खर्च भएको छ।