प्रधानमन्त्री केपी ओली राजिनामा दिन तयार प्रदिप ज्ञवाली ,

फागुन १२ ,काठमान्डौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको फैसला गरेपछि पहिलोपटक आज नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।

ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गरेको फैसला र यसको प्रभावको विषयमा छलफल गरेको बताए ।

नेकपा शक्ति पृथकीकरण, लोकतन्त्रका मूल्य मान्यता र विधिको शासन मान्ने पार्टी हो’, संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्चले आफ्नो भूमिका स्थापित गरेको छ । सर्वौच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेका छौँ उनले भने ।अदालतले तोकेकै समयमा संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेका छौ ।

चाँडै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णयसमेत गरिएको छ ,आवश्यक परामर्शपछि प्रधानमन्त्रीको राजीनामा आउने छ उनले भने । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते असमैवाधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेका थिए ,जसलाई सर्वोच्च अदालतले पुनस्थापना गरेको छ। साथै अद्लातले १३ दिन भित्र संसद बैठक आव्हान गर्नपनि आदेश दिएको छ ।