गुरुङ भाषाको चलचित्र ङोलो ठागु ( ठुलो सोल्टी )आज देखि पब्लिक सो सुरु ,,हेर्नुहोस कस्तो छ कथा ,,

जेठ १२ – गुरुङ भाषाको ङोलो ठागु चलचित्र ( ठुलो सोल्टीले) आज देखि आफ्नो पब्लिक सो सुरु गरेको छ ।,

नव ज्योति भिजन नेपाल प्रा.लि को ब्यानरमा प्रस्तुत गरियको चलचित्र ठुलो सोल्टीको कथा निर्देशन जनक गुरुङले गरेका छन् भने रबिन गुरुङ सह निर्देशनमा छन्।

रबिन गुरुङले निर्माण गरेको चलचित्र ङोलो ठागुको आज पहिलो पब्लिक सो काठमान्डौको पुरानो विश्व ज्योति हल सामाखुसी रानीदेवी पार्टी प्यालेसमा गरियको छ ।,

गाँउकि एक युवती विदेश जाने र घर फर्कदा कुलतको बाटोमा लागेर नसालु पदार्थ प्रयोगबाट उनलाई ब्लड क्यान्सर लाग्ने र तेसैको कारण उनको मृतु भयको कथा चित्रण देखाईयको छ।

कथा संगै चलचित्रले तिन ओटा गीत प्रस्तुत गरेको छ ,जसमा लब्सन गुरुङ र यम गुरुङको नृत्य रहेको छ।

गीतको बिकास चौधरी र मौसम गुरुङले संगीत गरेका छन्। ,खेम थापा मगरले छायांकन गरेको चलचित्रलाई मेक बहादुर थापाले सम्पादन गरेका छन् ।,

चलचित्रको छायांकन बन्दिपुरको कल्लेरी गाँउपालिकामा गरियको छ ।, जसमा गुरुङ समाजमा गरिने रीतिरिवाजलाई पनि चित्रण गरियको छ।

कुशल गुरुङ लक्ष्मी गुरुङ , जुना गुरुङ ,नेसल घर्ति मगर, पुर्णिमा गुरुङ , रबिन गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रले आजको पहिलो सो संगै नेपालका विभिन्न जिल्लामा यहि १५ गते ललितपुरको रोयल फुट क्याफे ,१९ गते तनहुको आँउबुखैरेनी ,पोखरा , गोर्खा , लम्जुङ्ग , नारायण घाट चितवन स्याङ्जा आदिमा गर्नुको साथै युके , अमेरिका र अस्ट्रेलियामा पनि पब्लिक सो गर्ने जनायको छ।

चलचित्र हेरिसके पछि दर्शकले एकधमै राम्रो प्रतिक्रिया दिनुको साथै आ आफ्नो ठाँउबाट सहयोग पनि गरेका छन्। , दर्शकले हल भरिभराउ भयर केहि दर्शक उभियर हेरेको पनि देखियो ।

पब्लिक सोमा सहयोगी गर्ने समाजलाई निर्माण पक्षले नव ज्योति भिजन नेपालको सम्मान पत्रपनि वितरण गरेको छ।

हेर्नुसोस केहि तस्बिर हरु ,,