ओली समूहको स्थायी कमिटि बैठक स्थगित ,

फागुन १३ ,काठमान्डौ – आज बिहान ८ बजे बस्ने भनिएको केपी शर्मा ओलीको स्थायी कमिटि बैठक स्थगित भएको छ। समूहका केहि आन्तरिक गृहकार्य गर्ने काम बाँकी रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

हिजो भने केपी ओलीको स्थायी कमिटि बैठक बसेको थियो ,हिजोको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो। गत पुष ५ गते संसद विघटन गरेर प्रतिगमनमा उत्रेका केपी शर्मा ओलीको कु लाई सर्वोच्च अदालतले बदर गरेर संसद पुनस्थापन गरेको छ।

आफ्नो पक्षमा फैसला आउने भन्दै देश भर प्रदर्शन र दौडाहामा लागेका केपी ओली अहिले भने निरास अवस्थामा छन् ,उनले राजिनामा दिने तयार गरेका छन्।