रुकुम चौरजहारी

प्रचण्ड नेपालले गरे जसपा नेताहरुसँग छलफल ,सरकार गठनको प्रक्रिया अगाडी बढ्ने ,

रुकुम आठ विसकोट

फागुन १३ ,काठमान्डौ – नेकपा प्रचण्ड-माधव समूहले संयुक्त सरकार गठनको विषयमा जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेका छन् । नेकपाको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ । दुवै पार्टीका नेताहरुबीच सकारात्मक छलफल भएको र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एक ठाउँ आउनु पर्ने छलफल भएको श्रोतले जनाएको हो ।

छलफलपछि दाहाल–नेपालले राखेको प्रस्तावमा जसपा नेताहरुले केही सर्त अगाडि सारेका छन् ,जसपाले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि अगाडी बढ्ने माग राखेको छ।

तेस्तै प्रचण्ड – नेपालले पनि आफुहरु मधेशका मुद्दाको विषयमा आफूहरु शुरुदेखि सकारात्मक रहेको बताएका छन्। तेस्तै सरकार गठनको लागि प्रचण्ड – नेपालले हिजोमात्र नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवासंग छलफल गरेका छन्।