केपी ओली समूहको पमुख सचेतकमा विशाल भट्टराई ,

फागुन १४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्ति गरेको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको हो ।

संसदीय दलका नेता केपी ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।