केपी ओलीको जस्तो अनुहार हेरेर एकता हुँदैन विचार मिल्नेहरुसंग हुन्छ प्रचण्ड ,

फागुन १५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको जस्तो अनुहार हेरेर एकता नभई विचार मिल्नेहरुसंग मात्र एकता हुने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेला ललितपुर, जावलाखेलमा सम्बोधन गर्दै अधय्क्ष प्रचण्डले यस्तो बताएका छन्।

श्री ५ र श्री ३ जस्तै गरि कप ओलीलाई बोल्ने गरेका पन्चायतका मानिसहरुले सार्वजनिक रुपमा बोल्दै आएको सबैले सुन्दै आईरहेको हुँदा सबैले ध्यान दिनुपर्ने समेत उनले बताए। तेस्तै अहिले देशमा नेकपा एमाले छ न त एमाओवादी छ यँहा सिंगो नेपाल कम्युनिस्ट पार्टी छ। ओलीले भेटमा पटक पटक नेकपा समाल्ने मान्छे भनेकै तपाई हो भन्दै बोल्ने गरेर ठग काम गरेको समेत बताए।

तेस्तै केपी ओलीले दुई वर्ष सम्म सबैभन्दा बढी माधव कुमार नेपाललाई गालि गरेको समेत प्रचण्डले बताए । आफु माधव संग नजिक भएपछिनै केपी ओलीले यस्तो प्रहर गरेको र नेपालको संघिय गणतन्त्र लोकतन्त्र सधियाउनमा प्रहार गरेको बताए। केपी को विचार भनेकै जाल झेल षड्यन्त्र बाहेक अरुकेही नभएको समेत दाहाल प्रचण्डले बताए। ओलीले निरंकुशताको बाटो समालेकाले आज जनताले पाखा लगाईदिएको समेत दाहालले बताए।