टिकटकमा साथी बनाएर विहेको प्रलोभन पछि गरगहना र पैसा लिएर फरार,

फागुन १५ ,काठमान्डौ – आजभोलि नेपालका टिकटक याप्स निकै चलेको देखिन्छ ,विदेशीले जस्तो नेपालमा कतिले टिकटक चलाउछन भन्ने एकिन डाटा भने छैन तर नेपालमा बच्चा देखि बुढा सम्मले टिकटकमा रमाउदै आईरहेका छन्। यस्तै बेला टिकटकमा चिनाजानी गर्ने र साथि बनाउने मात्र हैन विहेपनि टिकटकबाट भएको देखिन्छ। यस्तै बेला कास्कीमा यौटा घटना घटेको देखिन्छ।

कास्की जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटकमा धनकुटाकी एक युवतीलाई साथी बनाएर विहेको प्रस्ताव राखेर अन्तमा गरगहना लुटपाट गरेर भागेको खुल्न आएको छ। केहि महिना अगाडीबाट कुराकानीमा नजिकिदै गरेका राजीभले युवतीलाई विवाह गर्ने र भेट्ने प्रस्ताव राखेका थिए ,दुवैले भेट्ने मिति तय गरेपछि सम्झौता अनुसार इटहरी-९ को आरआर होटलमा गत माघ २५ गते उनीहरू दुई दिन बसे।

बसईपछी उनिहरुबुचि शारीरिक सम्बन्ध पनि भयो ,बासीको अन्तिमदिन राजिवाभले ति युवतीलाई चोखिनुपर्ने भन्दै बाथरुम पठाए ,युवती नुहाउन गएको बेला राजिभले युवतीको चार आनाको सुनको सिक्री, चार आनाको झुम्का, ब्रास्लेट र नगद २७ हजार पाँच सय समेत लिएर फरार भए। नुहाएर युवती आउँदा राजिभलाई नदेखेपछि जाहेरी दिपुगिन।

राजिभको मोबाईल लोकेसन हेर्दै जाँदा फेरी अर्की झापाकी केटिलाई टिकटकमा साथी बनाएर भेट्न जाँदै गरेकोबेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसी बताउछन। गुरुङको साथबाट युवतीको एटिएम कार्ड बरामद भएको केसीले बताए।

गुरुङलाई शुक्रबार जरबजस्ती करणी मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिइएको केसीले बताए। गुरुङले होटेलमा देखाएको लाईसेन्सपनि नक्कली रहेको खुलेको छ ,उनले टिकटकमा साथि बनाउने युवतीहरुसंग यौन शोषण गर्ने र लुटपाट चोरी गर्ने गरेको खुलेको केसीले बताएका छन् ,पक्राउ पछि प्रहरीले थप अनुसधान गरिरहेको ।