सरकारद्वारा विप्लव समूहका थप तीन जना कार्यकर्ता पक्राउ,

फागुन १५ ,सप्तरी – सरकारले विप्लव कार्यकर्ताहरुलाई धमाधम पक्राउ गर्न सुरु गरेको छ। सप्तरीमा नेत्रविक्रम चन्द विप्लवका समूहका तीन जना कार्यकर्ता पक्राउ परेकाक छन् । आज बिहान खडक नगरपालिकाका रामनाथ मण्डल, राजविराजका उदयनाथ मण्डल र विष्णुपुरका रामकृष्ण मण्डललाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख, एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

केही समययता व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग चन्दा माग्ने, धम्काउने लगायत गैरकानुनी गतिविधि गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी धमलाले बताए । केहि महिना अगाडीमात्र सरकारले विप्लवसंग वार्ता गर्ने बताएको थियो ,सरकारले आफ्ना मागहरु पुरा गर्ने र सहि वातावरण भए आफुहरु वार्ता गर्न तयार रहेको पनि विप्लव समुहले विज्ञप्तिमार्फत जानकारी गरेको थियो। तर वार्ताको नाममा सरकारले धमाधम विप्लवका कार्यकर्ता पक्राउ गर्न सुरु ग्गरेको छ।