रुकुम चौरजहारी

दलहरुबीच समझदारी हुन्छ सभामुख सापकोटा,

रुकुम आठ विसकोट

फागुन १५ ,काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। संसद पुन:स्थापना भएसंगै दलहरुबीच सहमति हुने र नियमित संसद चल्ने विश्वास रहेको सभामुखले पत्रकारहरुसंग कुराकानीमा बताए।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ,अब दलहरुबीच समझदारी हुन्छः ,पहिलेको जस्तै गरि नियमित संसद चल्ने छ मेरो विश्वास छ उनले भने। तेस्तै राजनीतिक विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने सभामुखले बताए ।

संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा भने अहिले आफुले कुनै टिकाटिप्पणी गर्ननमिल्ने उनले बताए। गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ससंद विघटनको सिफारिस रास्ट्रपति विद्यादेवी भण्डारीसामु गरेपछि उनले सदर गरेकी थिइन्।

असमैधानिक ढंगले गरेको संसद विघटनमा सर्वोच्च अदालातमा रिट दायर गरिएका थिए ,रिटको सुनवाई गर्दै सर्वोच्च अदालतले गत फागुन ११ गते संसद पुनस्थापन गरेको छ भने १३ दिन भित्रमा संसद बैठक आवहान गर्न समेत सरकारलाई ताकेता गरेको छ। सोहि आदेश बमोजिम सरकारले यहि २३ गते संसद आवाहन समेत गरेको छ।