केपी ओली जस्तो पापी र अधर्मी ब्याक्ति यो धर्तीमा कोहि छैन नेपाल ,

फागुन १५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसंग एकता नहुने बताएका छन्।

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको भन्दै नेपालले ओलीसंग एकता हुनुभन्दा ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।

पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीसंग एकता नरहेको र एकता हुन्छकि भन्ने भर्म नपर्न पनि जानकारी गरे।

स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति बामदेव गौतम नै हुनुहुन्छ अहिलेपनि गौतम लागिरहनु भएको छ तर उनले भने, “केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन ।

कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । ख्याल गर्नुहोला । बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन् । त्यसो भएकाले तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस् ।

केपी ओलीजस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन तर प्रचण्डलाई दोष जान्छ ,नेपालले अगाडी भने। तेस्तै केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म आफ़्नुहरुको लडाई जारि रहेको पनि नेपालले बताए ,उनले भने एउटा लडाई जितेका छौ अझै सिंगो लडाई जित्न बाँकी छ।

ओलीले अहिले मदन भण्डारी फाउन्डेसनको गुट चलाएको आरोपसमेत नेपालले लगाए ,कम्युनिस्ट पार्टीको कुनै माया छैन। अब जसरी केपी ओलीलाई बिदा गरियो तेसैगरी प्रवृत्तिलाई पनि सबैले त्याग्नुपर्ने नेपालले बताए ।नेपालले संसद विघटनविरुद्ध आन्दोलन गर्नेहरु मिल्नुपर्ने र संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए ।