केपी ओली समूहका केन्द्रिय कमिटि सदस्य भटा भट प्रचण्ड नेपाल समूहमा प्रवेश ,

फागुन १६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रिय सदस्य ताज मोहमद मिया नेकपा प्रचण्ड नेपाल समूहमा प्रवेश गरेका छन्।ताज मोहमद मिया चापाकोट ८ स्याङ्जाबाट हुन् ।

नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रिय कमिटि सदस्यको पद परित्याग गरि कम्युनिस्ट आन्दोलनको एकता संविधानको कार्यन्वयन र जनताको समृद्दिको आकांक्षालाई विधिसम्मत रुपमा पुरा गर्न केपी समूह छोडेर उनि प्रचण्ड नेपाल समूहमा प्रवेश गरेका हुन्।

तेस्तै पुष्पकमल दाहाल प्रचण्ड – माधव कुमार नेपालले नेतृत्व गरेको पार्टीनै अधिकारिक नेकपा पार्टी भएको र नेकपाको मुलधारमा रहेर आफ्नो जिम्मेवारी भूमिका निर्व्वाहा गर्ने मियाले विज्ञप्ति मार्फत जानकारी गरेका छन्।

संविधानप्रदत समानुपातिक समावेशी लोकतान्त्रिक प्रणाली अन्तर्गत प्राप्ति अधिकारको समुचित प्रयोग र कार्न्वयनमा उदाससिन वर्तमान सरकारको कार्यशैली प्रति गम्भीर असहमति जनाउदै मुश्लिम लगायत उत्पीडित समुदायका हक अधिकारलाई सुनिश्चित गर्न नेकपाको मुलधार पार्टीमा लागेको र सबैले मुलधार पार्टीमा आउन समेत मियाले आवाहन गरेका हुन्।