उच्च अदालत सुर्खेतका न्यायाधीशकि पत्नी ब्राउन सुगरसहित पक्राउ ,

फागुन १७ ,घोराही – तुलसीपुरमा एक न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।

उनको स्कुटरमा ब्राउन सुगर फेला परेको र उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले पनि पुष्टि गरे ।

तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा तुलसाको स्कूटरबाट प्रतिबन्धित लागुऔषध बरामद गरेको र तुलसालाई नियन्त्रणमा लिईएको बताएको छ ।तुलसाका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् । पक्राउ परेकी तुलसा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।