धादिङमा घाँस बोकेकी महिलालाई जिउदै पुरेर फरार ,

फागुन १८ ,धादिङ – एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउदै पुरेर फरार भएका छन्। घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरले ठक्कर दिएको थियो , घाईते उनलाई एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उदार नगरेर खाडलमा जुन्दै पुरेर फरार भएका हुन्।

त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माण कार्य भईरहेको छ ,उक्त क्रममा एक्स्काभेटरको ठक्करले महिला घाईते भएकि थिइन्। काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुरेको देखे र हो हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए । शव अहिले परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब–इन्स्पेक्टर भानुभक्त आचार्यले बताए।

घटनापछि आक्रोसमा आएका स्थानीयले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा आगजनी गरेका छन् ,चलाक्लाई तत्काल पक्राउ गर्न भन्दै आन्दोलन भईरहेको छ ,घटनालगत्तै फरार दाङ घर भएका चालक बुढाथोकी भने अझै पक्राउ पर्न सकेका छैनन् ,फरार चालकको खोजि गरि तत्काल कानुनि कारवाही गरिने धादिङ प्रहरी प्रमुख महेन्द्र खड्काले बताए।