तिन सय सुरक्षाकर्मीको घेरामा बसने प्रधानमत्री ओली कसरि असुरक्षित ,राजनीतिक प्रोपोगान्डा ,

फागुन १८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई शारीरिक हमला हुनसक्ने भन्दै हिजो पोखराको कार्यक्रममा अभिव्यक्ति दिएपछि अहिले सबैको मनमा तरङ्ग छाएको छ।

सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला भनेपछि सबै एक छिन चकित परे। उनले अगाडि भने, ‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला ।

तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’ उनले आफू नरहे पनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । प्रधानमन्त्री ओलीको लागि चौबिसै घण्टा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तनाथमा हुन्छन तर उनी प्रधानमन्त्री ओलीले आफु असुरक्षित भए भनेपछि सर्वसाधारण नेपालीको अवस्था के होला भन्दै आम मानिसहरुले चासो राख्दै प्रतिक्रिया दिएक छन्।

ओलीले थप भने ‘म नरहे पनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।

’प्रधानमन्त्री ओलीले अहिले देशको रक्षा मन्त्रालयको कार्यभार समेत समालेका छन् अनि कसरी आफु असुरक्षित भए भन्दै बोले यसको जवाफ जनताको सामु दुनुपरने आम व्याक्तिहरुको चासो छ।

प्रधानमत्री ओलीले दिएको यस्तो अभिव्यक्तिले सर्वसाधारणमा कस्तो असर पार्ला भन्ने न सोचेर हलुकाखालको टिप्पणी गरेको सजिलै बुझ्न सकिन्छ। प्रधानमन्त्री ओलीले राजनीतिक प्रोपोगाण्डाको लागि आफूमाथि खतरा रहेको कुरा भनेको नेपाली जनताको प्रतिक्रिया छ ।