ताप्लेजुङको दोभानमा भिषण आगलागी ४० बढी घर जलेर नस्ट ,

फागुन १८ ,काठमान्डौ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहानदेखि लागको आगलागीबाट ४० बढी घर जलेर नस्ट भएका छन् । आज बिहान ९ बजे देखि भएको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन आगलागी नियन्त्रको प्रायस भईरहेको ताप्लेजुङ्गका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए।

आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल बजार पुगेको छ । आगलागीको कारण भने अहिले सम्म पत्ता लाग्न सकेको छैन ,आगोबाट भएको क्षति विवरण आउन बाँकी छ दोभान ताप्लेजुङ्गको सबै भन्दा ठुलो बजार हो।आगलागी भएको बजारमा पुराना चट्टान र माटोका घर छन्।