ओली प्रचण्ड पक्षका विद्यार्थीबीच कुटाकुट ,

फागुन १८ ,काठमान्डौ – रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच कुटाकुट भएको छ । आज बिहान प्रचण्ड-नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए ।

सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद संगै झडप भएको थियो । झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए। दुवै पक्षलाई छलफलका लागि बोलाईएको पनि उनले बताए।