विप्लवसंग वार्ता गर्न सरकारले गरायो बादलको नेतृत्वमा वार्ता टोलि ,

फागुन १८ ,काठमान्डौ – सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा चन्द समूहसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य पनि रहेका छन् । केहि हप्ता अगाडी विप्लव समुहले पनि सरकारले सहि वातावरणमा सहज ढंगले आफ्ना मागहरु पुरा गरे वार्ता हुनसक्ने बताएको थियो।