नेकपा प्रचण्ड माधव समूहको केन्द्रिय कमिटि बैठक बस्दै ,

फागुन १९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने बस्ने सचिवालय जनाएको छ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाका दुवै समूह सरकार गठनमा आ आफ्नो ठाँउबाट दौडिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्म राजिनामा नदिएको हुँदा २३ गते बस्ने संसद बैठकमा अविश्वासको प्रस्ताव ल्याउने आजको बैठकमा रणनीति बनाईएको बुझिन्छ।

तेस्तै प्रचण्ड नेपाल समूहले सरकार गठनको लागि प्रतिपक्षदल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुसंग भेटेर छलफल गरिसकेका छन् ।