विप्लव समूहमा लगाईएको प्रतिबन्ध सरकारले फुकुवा गर्यो ,
फागुन २० ,काठमान्डौ – सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको थियो ।
हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको सरकारका एक मन्त्रीले बताए। तेस्तै शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् ।
कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ । केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गर्दै आईरहेको थियो ।