रुकुम चौरजहारी

जुन दिन कम्युनिस्टको जित हुने छ ,त्यो दिन सबै हयियार बिसाईने छन् विप्लव,भिडियो ,

रुकुम आठ विसकोट

फागुन २२ ,काठमान्डौ – सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत रूपमा हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शुक्रबार मूलधारको शान्तिपूर्ण राजनीतिमा फर्किएको छ । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित समारोहमा सरकार र चन्द समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर गरेपछि बोल्दै विप्लवले भने हामी विद्रोह गर्ने मान्छेहरु हौं र विद्रोह गर्दै अहिले यहाँसम्म आएका छौं ।

तर कम्युनिष्टहरु विद्रोहमात्रै गर्दैनन् ,जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्था कम्युनिष्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धामात्रै होइनन्, शान्तिका दूत पनि हुन्, यो संसारमा कोही छ भने कम्युनिष्ट नै छन् ।

हामीले संघर्ष गरेका छौं र आजको परिवेश बदलिएपछि हामीले ३ बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ भनेका छौं ,यसलाई हामी पालना गर्छौं । तर शहिद र जनताको सपना पुरा गर्न हाम्रो लडाई जारि रहने छ। मेरो यो भन्दा अगदिपानी प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुरा भएको थियो ,मैले ईमान्दरिपुर्व आफ्ना कुरा राखे।

तपाईहरुले नेतृत्व गर्नुस्, हामी कसैलाई पीडा दिएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहन्छौं । हामी बनाउँछौं । त्यो बनाउने नेतृत्व हामी गरौं ।

हाम्री छलफल पनि चलेको थियो ,,आज हामी नयाँ परिवेशबाट आएका छौ। २००७ सालदेखि अहिलेसम्म खण्ड खण्डमा नेपाली समाजको रुपान्तरण भइरहेको छ तर त्यो पूर्ण भएको छैन ।आजपनि मजदुरको हाल तेही छ ,जुन हिजो थियो , आज पनि दलित, महिला, जनजाति, मधेसी अथवा उत्पीडित समुदायहरु सन्तुष्ट छैन ।

अहिलेपनि नेपालि युवा विदेशमा फालीएक छन् ,नेपालि चेली बेचीएका छन् यसको अर्थ हामी के चाहन्छौं भनेन हो ?के चाहन्छन् जनताले ? के यो दलाल पुँजीवादीहरुको चक्रमा सधैं घुम्नुपर्ने नेपाली जनताको नियति हो ।

के नेपाली जनताले कहिले पनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने ? हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं, हामी तयार छौं । युद्धको अन्त्य विश्वमा कसैले गर्छ भने कम्युनिष्टले मात्रै गर्छ । कम्युनिष्ट जुन दिन विजयी हुनेछ संसारमा, हतियार र युद्धको अन्त्य हुनेछ ।

हाम्रो त्यो विश्वास छ ।सरकारले हिंसात्मक कार्यविधि गरेको भन्दै विप्लव समूहलाई २०७५ फागुन २७ देखि देखि प्रतिब्द्न्हा लगाएको थियो। प्रतिबन्ध लगाएपनि विप्लव समूहले युद्द जारि राखेको थियो। विभिनन स्थानमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोलि हाना हान भएको थियो।