आज सम्म पनि फेला परेन गोरेले प्रयोग गरेका हतियारहरु
जेठ १३ – सनम शाक्यको हत्या अभियोग र साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती गोरेले विभिन्न क्रियाकलापमा प्रयोग गरियका ३ ओटा पिस्तोल आज सम्म पनि फेला परेका छैनन ।,
गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ ।
चुडामणि उप्रेती गोरेले बिगत १ वर्षा देखि हतियार बोक्दै आयका थिय ।उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन ।
स्रोतको भनाई अनुसार , हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौ ।
साथै ३३ केजी सुन कँहा छ भन्ने समेत गोरे लगायत पक्राउ पर्ने हरुले जनायका छैनन् ।