बहुमत नपुगेपछि केपी समूहले लगायो प्रचण्ड समूहलाई सांसद अपहरको आरोप ,

फागुन २२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली समूहले प्रचण्ड – नेपाल समूहलाई सांसद अपहरणको आरोप लगाएको छ। नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको थियो ,बैठकमा संख्या नपुगेपछि ओली समूहले प्रचण्ड – नेपाल समूहले सांसद अपहरण गर्ने र किनबेच गर्ने गर्ने गरेको आरोप लगाएको छ।

ओलीले संसद विघटन गरेपछि कु गरेको भन्दै प्रचण्ड – नेपाल समूहमा अलागेका सांसदहरुलाई ओलीले आफ्ना भन्दै आईरहेका छन्। सांसद गंगा चाैधरी, माया ज्ञावली,लक्ष्मी चाैधरी, सदिना हुसेन शेख चाद तारा लगाएतका ७ जना सांसद प्रचण्ड नेपालको साथमा छन् तर ओलीको संसदीय दलको बैठकमा संख्या नपुगेपछि सो समूहले सांसद अपहरणमा परेको हुनसक्ने बताएको हो।

केपी ओली समूह निकटका पत्रकार र अनलाई पत्रिकाले समाचार प्रकासन गरेलगतै नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहकि सांसद गङ्गा चौधरीले आफ्नो चैत्र हत्या गर्ने प्रयास भईरहेको प्रत्क्रिया दिएकि छिन।

मा प्रचण्ड – नेपाल पक्षमा छु र रहिरहने छु ,आफ्नै पार्टीको दुईतिहाई बहुमत हुँदा हुँदै संसद भंग गर्ने र राजनीतिक अस्तिथिर्ता मच्चाउने केपी ओलीलाई मा साथ दिन सक्दिन। म र सांसद लक्ष्मी चौधरी साथमा छौ एकै स्थानमा छौ हामीलाई कसैले अपहरण गर्ने मोलमोलाई गरेको छैन र हामि बिकाउ सांसद पनि होइनौ रंग दर्पणसंग चौधरीले भनिन ।

तेस्तै केपी ओलीले प्रचण्ड – नेपालसंग कानुनि राजनीतिक लडाई गर्न नसकेपछि साईबरसेना गराउने पत्रकार किन्ने र फेक समाचार लेख्न लगाउने गरेको पनि उनले बताईन। प्रचण्ड नेपाल समूहको शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ९६ जना सांसदले हस्तक्षर गरिसकेका छन्।