संसदीय दलको बैठकमा ओलीले भने हामि आत्तिनु पर्ने केहि छैन ,
फागुन २२ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठकमा प्रधानमत्री केपी शर्मा ओलीले सांसदहरुलाई उत्साहजनकरुपले अगाडी बढ्न निर्देशन गरेका छन्।
वालुवाटारमा आज बसेको संसदीय दलको बैठकमा ओलीले आफ्नो पक्षमा १ सय १५ सांसद रहेको र भोलि सम्म बढ्दै जाने भएको हुँदा सांसदहरुलाई उत्साहजनक रुपमा अगाडि बढ्न निर्देशन दिएका हुन्।
आजको बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ। बैठकमा पत्रकारहरुलाई छिर्न दिईएको थिएन। आज हामी यहाँ १ सय १५ जना उपस्थिति भयौँ भोली यो संख्या बढ्दै जाने छ राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। भोलि अपराहन्न ४ बजे संसद् बैठक बस्दै छ।