दाहाल नेपाल समूहको आकस्मिक स्थायी कमिटि बैठक बस्दै ,
फागुन २३, काठमान्डौ – साबिक नेकपाको दाहाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका हुन् ।अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि नेता श्रेष्ठले बताए ।
सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ ।