रुकुम चौरजहारी

पूर्वमाओवादीले समर्थन फिर्ता लिए संसदमा विश्वासको मत लिन्छु प्रधानमन्त्री ओली ,

रुकुम आठ विसकोट

फागुन २३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने पनि बताएका छन् ।

केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने वालुवाटारमा छलफल भएको सांसद सूर्य पाठकले जानकारी दिए। राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन् ।

बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाएको सांसद खिमलाल भट्टराईले जानकारी दिएका हुन् ।सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।