रुकुम चौरजहारी

अबको बाटो एमाले र माओवादी अलग अलग भएर जाने,

रुकुम आठ विसकोट

फागुन २४ ,काठमान्डौ – नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । आज बसेको स्थायी कमिटी बैठकमा नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रमा रहने स्थायी कमिटिको निष्कर्ष रहेको एक स्थायी कमिटि सदस्यले जानकारी दिए।

सर्वोच्च अदालतले जुन फैसला गरेपनि तेस्लाई सम्मान गर्ने र अगाडी बढ्ने आजको स्थायी कमिटि बैठकको फैसला रहेको छ। तेस्तै माधव कुमार नेपाल समूहका सबै नेताहरु एमालेमानै रहने र संघर्ष अगाडी बढाउने बताएका छन् ।