श्रमिक महिला दिवसकै दिन कर्णाली दैलेखकि महिलाले ४ सन्तान सहित कर्णालीमा हाम फालिन दुईको शव फेला ,
फागुन २५ ,सुर्खेत – हिजो १११ औ विश्व श्रमिक नारि दिवस देशभर मनाईयो ,तर कर्णाली प्रदेशको दैलेख जिलालाकी एक महिलाले सोहो दिन चार सन्तान सहित कर्णाली नदीमा हाम फालेकी छिन।
आठबिस नगरपालिका,३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा अहामे फालेका मध्ये दुईजना छोरीको शव अछाममा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए।
१४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका,४ स्थित फेला परेको थियो ,उनीहरुको शव कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरीएकॉ व्स्थामा अफेला परेको साहुले बताए।
आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने अझै भेटिएको छैन ,उनीहरुको नदीमा खोजी तलास भईरहेको छ । बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानिका अनुसार मानसिंह बडुवालले दैनिक मदिरा पीएर घरमा झगडा गर्नेगरेको जानकारीपछि उनलाई नियाँत्रन्म लिईएको हो। श्रमिक नारि दिवसकै दिन बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।
स्थानीयले सुकीले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेको बताएपनि घटना गम्भीर रहेको भन्दै घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यला दैलेखले जनाएको छ।