रुकुम चौरजहारी

जसपाले प्रधानमन्त्री ओलीलाई साथ् दिने संकेत ,

रुकुम आठ विसकोट

फागुन २७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का प्रमुख नेताबीच वालुवाटारमा आज भएको सकीएको छ । आजको छलफल सकारात्मक भएको छ भने भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने वालुवाटार श्रोतले जनाएको हो ।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराई लगायत सहभागी थिए ।

जसपा र प्रधानमन्त्रीबीच भएको छलफल सकारत्माक भएको भन्दै यसबारेमा निर्णय लिन राजपाले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ।जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा झुटा मुद्दा लगाइएका व्यक्तिको मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टीकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ।

संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै छन् , जसपाको सहयोग लियार सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओलीले लागि परेका छन् ,जसपाका संसदमा ३४ सिट छ। सर्वोच्च अदालतको पछिल्लो फैसलापछि सरकार निरन्तरताको लागि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक हुन्छ ।संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । अब त्यो हैसियत समाप्त भएको छ।

सर्वोच्चको फैसलाअनुसार हैसियत अब संविधानको धारा ७६ (२) को प्रधानमन्‍त्रीका रुपमा कायम भएको छ। अब प्रधानमन्‍त्रीको निरन्तरताका लागि ओलीले विश्‍वासको मत लिनुपर्ने हुन्छ। केपी शर्मा ओलीले प्रतिपक्षदल नेपालि कांग्रेसक सभापति शेरबहादुर देउवासंग पनि छलफल अगाडी बढाईरहेका छन्। पुर्व एमाले र पुर्व माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सरकारलाई सर्वोच्च अदालतको पछिल्लो फैसलाले बिउतादिएको छ।