रुकुम चौरजहारी

यी हुन् गोरखाका प्रशाशकिय अधिकृत हर्क रोका जसले सिडियोलाई टेर्दैनन, स्थानीयलाई अनावस्यक दुख दिन्छन,

रुकुम आठ विसकोट

फागुन २८ ,काठमान्डौ – गोरखा  जिल्लाका प्रशाशकिय अधिकृत हर्क बहादुर रोकाले स्थानीयलाई दु:ख दिने गरेको पाईएको छ। तेती मात्र हैन अधिकृत रोकाले जिल्लाको सिडियोलाई समेत नटेरेको खुलेको छ।

विकटबाट विभिन्न गाँउपालिकाबाट प्रशाशन सम्बन्धि काम ल्याएर जिल्लामा आएका स्थानियालाई अधिकृत रोकाले मनोमानी बोल्ने र दु:ख दिने समेत गरेका छन्।

रोकाले केहि दिन अगाडीमात्र विकटबाट परिचयपत्र बनाउन आएका एक नाबालकलाई अनावस्यक दु:ख दिएका थिए ,सिमित खर्च बोकेर गाँउबाट सदरमुकाम छिरेका ति नाबालकलाई रोकाले हप्तौ सम्म अनावस्यक रुपमा रोकेका थिए।

,गाँउपालिकाबाट गरेको सिफारिस सहि भएपनि रोकाले स्थानीयलाई आफ्नो दम्भ देखाउने र मनोमानी ढंगले बोल्ने गरेको स्थानीयले आक्रोस पोखेका छन्। जिल्लाका सिडियो शालिक राम पौडेलले स्थानीयको काम पारदर्शी ढंगले गर्न आग्रह गर्दासमेत उनले नटेरेको स्थानीयले बताए।

नेपालमा अझपनि कर्मचारी तन्त्रको हाबी मुहाली चल्ने गरेको पाईन्छ भने विभिन्न बहानामा स्थनीयलाई कर्मचारी तन्त्र घुस खोईरिले दु:ख दिने गरेका छन् ,।

रोका गोरखा नगरपालिकाका हुन् उनले आफु स्थानीय भएको र आफुले जे गर्दापनि हुन्छ भन्नु अनैतिक भएको स्थानीयको आक्रोस छ। आफ्नै स्थानीय प्रशाशनमा हुँदा त् झनै हामीलाई हरेका काममा सहज हुनुपर्ने हो तर झनै हामीले सहनै नसक्ने दु:ख पाउनु त गलत छ यसमा तत्काल रोका सुध्रेर जानुपर्ने समेत स्थानीयले माग राखेका छन्।स्थानीयका अनुसार अधिकृत रोकाले विगत देखिने पटक पटक स्थानीयलाई दुख दिने गरेका छन्।