रुकुम चौरजहारी

माधव कुमार नेपालले केपी ओलीलाई काउन्टर दिदै समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

रुकुम आठ विसकोट

फागुन २९ ,काठमान्डौ – नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई पनि काउन्टर गर्दै समानान्तर कमिटि विस्तार गरेको छ। केपी ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपालपनि समानान्तर कमिटी विस्तारगर्दै जिम्मेवारी बाँडफाड गरेको हो ।

जसमा प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।तेस्तै नेपाल पक्षले चैत ४ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला हुने जानकारी गरेको रंग दर्पणलाई एक नेताले बताए ।