रुकुम चौरजहारी

माओवादी केन्द्रको बैठक सुरु केपि ओलिको बहिर्गमन देखि दल समीकरणको बारेमा छलफल ,

रुकुम आठ विसकोट

चैैैत १ काठमाडौं – पेरिसडाँडामा जारी नेकपा माओवादी केन्दीय समिति बैठक पार्टी कार्यलय पेरिसडाडामा सुरु भएको छ ।आजको बैठकमा मुख्यत ६ वटा एजेण्डा पेश हुने श्रोतले जनाएको हो ।

जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा रहने छन।

तेस्तै विविधमा पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा पनि तय गरिएको छ ।
जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।
पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन र तेस्कालागि दलहरुबिच भैइरहेको वार्ता र समीकरणबारे पनि अध्यक्ष प्रचण्ड बैठकमा ब्रिफिङ गर्ने नेताहरुको केन्द्रिय पार्टी कार्यलय श्रोतले जनाएको हो ।