कसले गर्यो सिरहाको मालपोत कार्यालयमा बम विस्फोट घाईतेलाई काठमान्डौ ल्याईयो ,
चैत १ ,काठमान्डौ – सिरहाको लहानस्तिथित मालपोत कार्यालयमा बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ। विस्फोटमा परी गम्भीर घाइते ८ जनामध्ये भण्डारीलाई सैनिकको हेलिकप्टरमार्फत काठमाडाैंको टुँडिखेलस्थित सैनिक मञ्चमा ल्यान्ड गराएर उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा राखीएको हो। विस्फोटमा परेका भण्डारीको तिघ्रामा चोट लागेकाे छ ।
लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको थियो ।बिस्फोटमा परि घाईते अन्यको सिरहाकै एक अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जना कर्मचारी पनि छन् भने अन्य भने सेवाग्राही हुन्।
घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्।