प्रहरीले पक्राउ गर्छु भनेपछि चोरी आरोपित रुखमा चढेर भने हाम फाल्छु अनि मर्छु ,
चैत २ ,काठमान्डौ -चोरी मुद्दामा फरार अभियुक्तलिई प्रहरीले आईतबार पक्राउ गर्न खोज्दा आरोपित भागेर रुखमा चढेका छन् ।,उनले रुखमा चडेर आफुलाई पक्राउ गरे रुखबाट हाम फाल्ने र मर्ने तयारि गरेपछि प्रहरी अलमलमा पर्यो।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका ३६ वर्षीय सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट पक्राउ गर्न खोजेपनि विफल भयो ।
खन्ती अघि र प्रहरी पछि भागा भाग गरेपछि अभियुक्त बागमती नदी करिडोर हुँदै भागे ,गोकर्णको खोँचमा पुगेपछि आरोपीले रुखमा चढेर भाने पक्राउ गर्ने हो भने मा हाम फाल्छु र मर्छु अनि मलाई आनन्द हुन्छ मलाई छोड्नुहोस आफ्नो बाटो लाग्नुहोस।
प्रहरीले आरोपीलाई मर्न नदिने जुक्ति निकाल्यो र बचाउन तिर लाग्यो ,महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी नेतृत्वको मद्दत र थप विपद् व्यवस्थापनको उद्धार टोली बोलाएर लामो मेहनतपछि प्रहरीले खन्तिलाई रुखमा चढेर उद्दार गरेको छ ।
रुखमा चढेका आरोपितलाई १ घण्टा सम्म नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ एसपी डा.आशिष दत्तले सम्झाए ,तेस्पछि उनले हाम फालेर मर्छु भन्ने बोलि बन्द गरेपछि विपद् व्यवस्थापनको उद्धार टोलीले ३० फिट तल भिरबाट उद्धार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सुकलालले गत माघ १ मा घरमा कोहि नभएको मौका पारि नयाँबाटी स्थित राजकुमार क्षेत्रीको घर फोडेर घडी ,टिभी ,नगद सहिद ५ लाख चोरेको आरोप छ। शुक्लाल यो भन्दा अगाडीपनि जेल बसेको थिए ।