राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक,
चैत २ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आवहान गरेकी छिन्। मंगलबार दिउँसो ४ बजे शितलनिवासमा सर्वदलीय बैठक बोलाइएको हो।
समसामयिक राजनीतिक विषयबस्तु र देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आयोजना गर्न लागेको बताईएको छ ।