Gold

चलचित्र ,चिमुसीचि, को पहिलो गीत रिलिज ,,

Naumule Migrate

जेठ १३ – थाईल्याण्डमा छायांकन गरियको चलचित्र चिमुसिचीले काठमान्डौमा पत्रकार सम्मेलन गरि आफ्नो पहिलो गीत सार्बजानिक गरेको छ। चलचित्र साउन ११ गते बाट रिलिज हुने छ।

सम्मेलनमा ‘तिमीले माग्छ्यौ भने मुटु’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री र एलिसा शर्मालाई देखाईयको छ ।, भिडियोको कोरियोग्राफी पनि सुनिलले नै गरेका हुन् ।

चलचित्रको यो गीतमा अन्जु पन्त र यूवराज चौलागाइको स्वर,रहेको छ भने सुरज अधिकारीको शब्द तथा संगीत छ ।

चलचित्रमा कथा, पटकथा तथा निर्देशक दिनेश श्रेष्ठको रहेको छ ।

शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा अरुन गुरुङ, महेश्वर खत्री, सुवास बर्तौला, डब बहादुर गुरुङको लगानी छ । बासु न्यौपानेले खिचेको चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

चलचित्रमा सुनिल क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की, कमली वाइवा, शशांक बस्याल, शेखर सुवेदी, शिवराज कार्कीको मुख्य भूमिका छ ।

अडियो धेरै राम्रो भयपनी भिडियो भने कम्जोर देखियको छ। , छायांकनको मुख्य थलो थाईल्याण्डमा गरियपनी भिडियो भने तेस्तो उत्क्रिस्ट देखियको छैन ।,

Naumule Badhipahiro