केपी ओलीको समूहलाइ योगेश भट्टराईले भने छुलिया र कुप्रचार गर्ने ग्याङ्ग,,
चैत ४ ,काठमान्डौ – नेकपा एमालेका खनाल नेपाल समूहका युवा नेता योगेश भट्टराईले केपी ओली समूहलाई छुलिया र कुपर्चार गर्ने ग्याङ्ग भनेर टिप्पणी गरेका छन्।
नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।बिहीबारसम्म चल्ले भेलाका लागि जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् ,बाँकी नेताहरु आज आउंदै छन्।
हिजो मात्र केपी शर्मा ओली समूहका एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गतेको भेलामा जाने नेतालाई कारबाही गरिने र कुनै आयोजनाको भेला नभएको भन्दै विज्ञप्ति निकालेका थिए ।
यस्तै समयमा योगेश भट्टराईले भनेका छन् ,नेकपा एमालेको आज र भोलिको रास्ट्रिय भेला तोकीएको समय र स्थानमा हुने छ ,छुलिया ग्याङ्गको कुप्रचारको भर्ममा नपर्नुहोला।